Online Bichar
शुक्रबार, मंसिर ०५, २०८३ | Friday, November 20, 2026

गौरादह, २१ असार २०७८ । झापामा आज १ सय ४७ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ३ सय २१ र एन्टिजेन परिक्षणबाट २ सय १३ गरि कुल ५ सय ३४ जनामा कोरोना परिक्षण गर्दा १ सय ४७ संक्रमित थप भएको हो । जसमा पीसीआर परिक्षणबाट ६६ महिला र ८१ पुरुष गरि १ सय ४७ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ४९ महिला र ३३ पुरुष गरि ८२ जनामा संक्रमण देखिएको छ । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १४ हजार ३ सय ६७ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा दमकका १२ महिला र १२ पुरुष, बिर्तामोडका ११ महिला र १५ पुरुष, गौरादहका १ महिला, मेचिनगरका १५ महिला र २० पुरुष, कन्काईका ५ महिला र ८ पुरुष, हल्दिबारीका १ पुरुष, अर्जुनधाराका ९ महिला र ९ पुरुष, बुद्धशान्तिका १ पुरुष, गौरिगन्जका १ पुरुष, कमलका १ महिला र २ पुरुष, शिवसतासीका २ महिला र २ पुरुष, बाह्रदशीका १महिला र १ पुरुष, झापाका १ पुरुष रहेका छन् ।
यस्तैगरी, एन्टिजेन परीक्षणबाट दमकका १६ महिला र ४ पुरुष, बिर्तामोडका १५ महिला र १४ पुरुष, गौरादहका ३ महिला, मेचिनगरका ५ महिला र ६ पुरुष, कन्काईका १ महिला र १ पुरुष, भद्रपुरका १ पुरुष, अर्जुनधाराका १ महिला र १ पुरुष, शिवसतासीका २ महिला र १ पुरुष, बाह्रदशीका २ महिला र २ पुरुष, झापाका ४ महिला र ४ पुरुष रहेका छन् ।

हालसम्म पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ५ सय १ पुगेको जनाइएको छ । एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ६ सय ९२ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै एकैदिन ७५ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार
५ सय ३३ पुगेको छ ।

यस्तै, झापामा आज पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर बिर्तामोड कि ५७ वर्षिया महिलाको मृत्यु भएको छ । यो सँगै पीसीआर बाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय ७९ पुगेको छ । एन्टिजेन परिक्षणबाट अर्जुनधारा कि ६३ वर्षिया महिलाको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ८२ पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय ६१ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट २ हजार ४ सय ६४ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५९ हजार ८ सय ४१ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments