Online Bichar
शुक्रबार, मंसिर ०५, २०८३ | Friday, November 20, 2026

झापा, २१ असार २०७८ । देशभर आज २ हजार ६ सय २२ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ७ हजार ४ सय ९९ र एन्टिजेन परिक्षणबाट ४ हजार २८ जना गरि ११ हजार ५ सय २७ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार ६ सय २२ संक्रमित थप भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ७ सय ४५ र एन्टिजेन परिक्षणबाट ८ सय ७७ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ४६ हजार ३ सय ६७ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ३८ हजार ९ सय ४४ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ८५ हजार ३ सय ११ पुगेको जनाइएको छ । एकैदिन २ हजार २ सय ११ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ११ हजार ४ सय २९ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.६ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३३ लाख ७६ हजार ४१ जना र एन्टिजेन परिक्षणबाट २ लाख ८ हजार २ सय ७६ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २२ हजार ९ सय ९८ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ६ सय ९२ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ५ सय ७१ जना आई.सी.युमा र १ सय ८० जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ८ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २३ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २३ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार २ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments