गौरादह, २१ असार २०७८ । झापाको गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालयले भेरोसेल खोप लगाउने सम्बन्धि सूचना जारी गरेको छ । कोभिड-१९ विरुद्धको भेरोसेल भ्याक्सिनको पहिलो मात्रा लगाएकाहरुका लागि दोस्रो खोपको मात्रा लगाउन सूचना जारी गरेको हो । यसअघि जेठ २६ र २७ गते पहिलो खोपको मात्रा लगाएकाहरुले खोप कार्ड सहित भेरोसेल खोपको दोस्रो मात्रा लगाउन अनुरोध गरेको छ ।
खोप लगाउनका लागि आफ्नो खोप केन्द्रमा सम्पर्क गरि यहि असार २३ र २४ गते गौरादह स्वास्थ्य चौकी, असार २३ गते महारानीझोडा स्वास्थ्य चौकी, कोहबरा स्वास्थ्य चौकी, जुरोपानी स्वास्थ्य चौकी र बैगुन्धुरा स्वास्थ्य चौकीमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउन आउन आग्रह गरिएको छ । खोप लगाउने समय बिहान ११ बजेदेखि ३ बजेसम्म तोकिएको छ ।






