Online Bichar
शुक्रबार, मंसिर ०५, २०८३ | Friday, November 20, 2026

गौरादह, २० असार २०७८ । झापामा आज १ सय ३२ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट १ सय ७५ र एन्टिजेन परिक्षणबाट ९८ गरि कुल २ सय ७३ जनामा कोरोना परिक्षण गर्दा १ सय ३२ संक्रमित थप भएको हो । जसमा पीसीआर परिक्षणबाट ३३ महिला र ५० पुरुष गरि ८३ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट २० महिला र २९ पुरुष गरि ४९ जनामा संक्रमण देखिएको छ । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १४ हजार २ सय २० पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा दमकका ६ महिला र १८ पुरुष, बिर्तामोडका ७ महिला र १२ पुरुष, गौरादहका १ महिला र १ पुरुष, मेचिनगरका ३ महिला र २ पुरुष, कन्काईका ३ महिला र ५ पुरुष, अर्जुनधाराका ९ महिला र ७ पुरुष, बुद्धशान्तिका १ महिला, गौरिगन्जका १ पुरुष, कमलका २ पुरुष, शिवसतासीका २ महिला, बाह्रदशीका १महिला र १ पुरुष, ठेगाना नखुलेका १ पुरुष रहेका छन् ।

यस्तैगरी, एन्टिजेन परीक्षणबाट भद्रपुरका १ पुरुष, अर्जुनधाराका ९ महिला र १६ पुरुष, बुद्धशान्तिका ७ महिला र ७ पुरुष, कमलका ४ महिला र ५ पुरुष रहेका छन् ।

हालसम्म पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ४ सय २६ पुगेको जनाइएको छ । एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ६ सय २८ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै एकैदिन ६९ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार
४ सय ६३ पुगेको छ ।

यस्तै, झापामा आज एन्टिजेन परिक्षणबाट ७२ र ६० वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ८१ पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय ५९ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट २ हजार ३ सय ८२ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५९ हजार ५ सय २० जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments