गौरादह, १९ असार २०७८ । झापामा आज ५१ संक्रमित थपिंदा ७५ जना संक्रमित निको भएका छन् । पीसीआर परिक्षणबाट १ सय ६ र एन्टिजेन परिक्षणबाट ७६ गरि कुल १ सय ८२ जनामा कोरोना परिक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको हो ।
जसमा पीसीआर परिक्षणबाट १३ महिला र २१ पुरुष गरि ३४ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट १० महिला र ७ पुरुष गरि १७ जनामा संक्रमण देखिएको छ । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १४ हजार १ सय ३८ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा दमकका ६ महिला र ११ पुरुष, बिर्तामोडका २ पुरुष, मेचिनगरका २ महिला र ३ पुरुष, भद्रपुरका २ महिला र ३ पुरुष, कमलका २ महिला र २ पुरुष, शिवसताक्षीका १ महिला रहेका छन् ।
यस्तैगरी, एन्टिजेन परीक्षणबाट दमकका २ महिला र १ पुरुष, बिर्तामोडका ५ महिला र ४ पुरुष, मेचिनगरका १ पुरुष, बुद्धशान्तिका ३ महिला र १ पुरुष रहेका छन् ।
हालसम्म पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ११ पुगेको जनाइएको छ । एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ६ सय ४ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै एकैदिन ७५ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ३ सय ९७ पुगेको छ
यस्तै, झापामा पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर आज मेचिनगरका ६८ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय ७८ पुगेको छ । एन्टिजेन परिक्षणबाट हल्दिबारी कि ८६ वर्षिया महिलाको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ७९ पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय ५७ पुगेको जनाइएको छ ।
अहिलेसम्म एन्टिजेन परिक्षणबाट २ हजार ३ सय ३३ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५९ हजार ३ सय ४५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।






