Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, १९ असार २०७८ । देशभर पछिल्लो २४ घण्टामा २ हजार ३ सय २८ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ५ हजार ८ सय ३७ र एन्टिजेन परिक्षणबाट ४ हजार २ सय ९६ जना गरि १० हजार १ सय ३३ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार ३ सय २८ संक्रमित थप भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ५ सय २७ र एन्टिजेन परिक्षणबाट ८ सय १ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ४३ हजार ५ सय ८० पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ३७ हजार ५ सय ५६ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ८१ हजार १ सय ३६ पुगेको जनाइएको छ । एकैदिन ३ हजार ६६ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ६ हजार ६ सय ६६पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.३ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३३ लाख ६३ हजार ६ सय ६६ जना र एन्टिजेन परिक्षणबाट २ लाख ९ सय ९२ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २४ हजार ६ सय ७५ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ४१ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय २७ जना आई.सी.युमा र १ सय ८१ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १४ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २५ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज १९ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार १ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया