Online Bichar
शुक्रबार, मंसिर ०५, २०८३ | Friday, November 20, 2026

गौरादह, १७ असार २०७८ । झापामा आज १ सय ७८ संक्रमित थप हुँदा १ सय ३८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । पीसीआर परिक्षणबाट २ सय र एन्टिजेन परिक्षणबाट २ सय १० गरि कुल ४ सय १० जनामा कोरोना परिक्षण गर्दा १ सय ७८ जनामा संक्रमण देखिएको हो ।

जसमा पीसीआर परिक्षणबाट ३७ महिला र ५३ पुरुष गरि ९० जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ४१ महिला र ४७ पुरुष गरि ८८ जनामा संक्रमण देखिएको छ । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १४ हजार १८ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा दमकका ५ महिला र १२ पुरुष, बिर्तामोडका १३ महिला र १९ पुरुष, गौरादहका १ महिला, मेचिनगरका ३ महिला र ३ पुरुष, भद्रपुरका ३ महिला र ११ पुरुष, कन्काईका ७ महिला र ४ पुरुष, अर्जुनधाराका ३ महिला र २ पुरुष, शिवसतासीका २ महिला, झापाका १ पुरुष, ठेगाना नखुलेका १ पुरुष रहेका छन् ।

यस्तैगरी, एन्टिजेन परीक्षणबाट दमकका ३ महिला र ५ पुरुष, बिर्तामोडका २ महिला र २ पुरुष, मेचिनगरका ८ महिला र ७ पुरुष, कन्काईका १ महिला, हल्दिबारीका ४ पुरुष र ४ महिला, अर्जुनधाराका १७ महिला र १९ पुरुष, बुद्धशान्तिका ५ महिला र ८ पुरुष, शिवसतासीका १ पुरुष, बाह्रदशीका १ महिला र १ पुरुष रहेका छन् ।

हालसम्म पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ८९ पुगेको जनाइएको छ । एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ६ सय ९६ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै एकैदिन १ सय ३८ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार २ सय २ पुगेको छ ।

यस्तै, झापामा आज कोरोनाबाट कोहि संक्रमितको मृत्यु नभएको जनाइएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय ५४ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट २ हजार २ सय ८४ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५९ हजार ७ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments