Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह, १५ असार २०७८ । झापामा आज १ सय ४९ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ३ सय ६७ र एन्टिजेन परिक्षणबाट १ सय ४५ गरि कुल ५ सय १२ जनामा कोरोना परिक्षण गर्दा १ सय ४९ जनामा संक्रमण देखिएको हो ।

जसमा पीसीआर परिक्षणबाट ४७ महिला र ५१ पुरुष गरि ९८ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट २८ महिला र २३ पुरुष गरि ५१ जनामा संक्रमण देखिएको छ । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १३ हजार ७ सय ७१ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा दमकका ११ महिला र ९ पुरुष, बिर्तामोडका १४ महिला र १७ पुरुष, मेचिनगरका ४ महिला र ३ पुरुष, भद्रपुरका ७ महिला र ६ पुरुष, कन्काईका ४ महिला र ३ पुरुष, हल्दिबारीका १ पुरुष, अर्जुनधाराका ३ महिला र ५ पुरुष, गौरिगञ्जका १ पुरुष,शिवसतासीका २ महिला र ३ पुरुष, बाह्रदशीका १ महिला र १ पुरुष, झापाका १ महिला र २ पुरुष रहेका छन् ।

यस्तैगरी, एन्टिजेन परीक्षणबाट बिर्तामोडका १ महिला र ३ पुरुष, हल्दिबारीका १ पुरुष, अर्जुनधाराका १६ महिला र १२ पुरुष, बुद्धशान्तिका ८ महिला र ३ पुरुष, शिवसतासीका ३ महिला र ४ पुरुष रहेका छन् ।

हालसम्म पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ६० पुगेको जनाइएको छ । एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ६ सय ६८ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै एकैदिन १ सय ३३ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ८ सय ८७ पुगेको छ

यस्तै, झापामा एन्टिजेन परिक्षणबाट ३ जना महिलाको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ७४ पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय ४९ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट २ हजार १ सय ७३ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५८ हजार ४ सय २३ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments