Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

बिनिता निरौला
गौरादह, १५ असार २०७८ । गौरादह नगरपालिका वडा नं.९ बैगुन्धुराका किसानलाई कृषि उपकरण बितरण गरिएको छ। वडा भित्र रहेका किसानलाई च्यापकटर, स्प्रे ट्याङ्की, पानी तान्ने मोटर र बोयर जातका बोका पाठी बितरण गरिएको छ। किसानको जीवन स्तर उकास्ने उदेश्यले कृषक समूह तथा किसानलाई अनुदानमा वडा कार्यलयले कृषि उपकरण बितरण गरिएको छ।

वडा कार्यालयको आर्थिक बर्ष २०७७/०७८ को वडा स्तरीय कृषि तर्फको योजनाबाट ५० प्रतिशत अनुदानमा च्यापकटर र स्प्रे ट्याङ्की, ७५ प्रतिशत अनुदानमा बोयर जातका बोका पाठी र २/३ को पानी तान्ने मोटर ५० प्रतिशत अनुदानमा बितरण गरिएको छ।वडा भित्र रहेका २० जना किसानलाई च्यापकटर, ६५ जनालाई स्प्रे ट्याङ्की, ६ जनालाई बोयर जातका बोका र ३ जना किसानलाई पाठी, २१ जना किसानलाई २र३ को पानी तान्ने मोटर बितरण गरिएको हो। वडा कार्यालयले किसानलाई आय आर्जनमा वृद्धि गरि जिबिको पार्जनमा सहजताका लागि पशु पालक तथा खेती गर्ने किसानलाई उपयोगी हुने सामग्री बितरण गरेको छ।

वडा कार्यलयले किसानलाई अति आवश्यक पर्ने कृषि उपकरण बितरण गरेको र यश उपकरणलाई सदुपयोग गर्न सके किसानलाई काममा सहज हुने साबिक बैगुन्धुरा गाबिसका निबर्तमा गाबिस अध्यक्ष सीताराम दहालले जानकारी गराए। खाद्य बालि तथा तरकारीका बिरुवाहरुमा दवाई तथा भिटामिन लगाउन चार्जबाट चलाउन सकिने स्प्रे ट्याङ्की पाएकोमा गौरादह-९ कि किसान निता प्रसाईंले खुशी ब्याक्त गरिन।

किसानहरुले परम्परा काल देखि गर्दै आएको कृषि प्रणालीमा आधुनिकिकरण गर्न आवश्यक रहेको बताउदै थोरै समयमा धेरै काम गर्न सहयोग पुग्ने उदेश्यले किसानहरुको माग बमोजिम कृषि सामग्री बितरण गरिएको वडा नं.९ का वडाध्यक्ष तथा कार्यक्रमका सभापति सीताराम भट्टराईले बताए।गौरादह नगरपालिका भित्र बसोबास गर्ने अधिकांश नागरिक कृषि पेशामा निर्भर रहेकाले किसानको जीवन स्तर उकास्न स्थानीय सरकारले कृषि सामग्री बितरण गरेको गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि रोहित कुमार शाहले जानकारी गराए।नगरको सबै क्षेत्रको बिकाशका लागि स्थानीय सरकारले नगरको बजेट बिनियोजन गरेको मेयर शाहले जानकारी गराए। कार्यक्रमको संचालन वडा सचिब राम प्रसाद दाहाल र कर्मचारी केदार बाबू गिरीले गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया