Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठमाडौं, १४ असार २०७८ । नेपालमा पहिलो पटक रिम्डेसिभिर उत्पादन भएको छ । नेशनल हेल्थकेयर प्राइभेट लिभिटेडले हिजोबाट नेपालमा उत्पादित रिम्डेसिभिर बजारमा ल्याएको हो । कोरोना सङ्क्रमितको उपचारमा निकै महत्वपूर्ण मानिएको सो औषधि नेपालमा उत्पादन नहुँदा विगतमा आपूर्तिमा समस्या हुने गरेको थियो ।

औषधि व्यवस्था विमागले करिब एक महिनाअघि सो कम्पनीलाई नेपालमा रिम्डेसिभिर उत्पादन गर्न अनुमति दिएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताउनुभयो ।
हेल्थकेयर प्राइभेट लिभिटेडका बजार उपव्यवस्थापक अजय पाण्डेले हिजोबाट सो औषधि बजारमा लाएको प्रति भाइल तीन हजार पाँच सय रुपियाँ रहेको बताउनुभयो । उहाँले सो औषधिको ब्राण्ड नेम रेमसिभिर रहेको बताउनुभयो ।गोरखापत्र अनलाइनबाट

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments