Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह, १४ असार २०७८ । झापामा आज १ सय ८६ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ३ सय ३८ र एन्टिजेन परिक्षणबाट १ सय ७३ गरि कुल ५ सय ११ जनामा कोरोना परिक्षण गर्दा १ सय ८६ जनामा संक्रमण देखिएको हो ।

जसमा पीसीआर परिक्षणबाट ५७ महिला र ५८ पुरुष गरि १ सय १५ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ४० महिला र ३१ पुरुष गरि ७१ जनामा संक्रमण देखिएको छ । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १३ हजार ६ सय ७१ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा दमकका ७ महिला र ६ पुरुष, बिर्तामोडका १६ महिला र १७ पुरुष, मेचिनगरका ७ महिला र ७ पुरुष, भद्रपुरका ३ महिला र ४ पुरुष, कन्काईका ४ महिला, हल्दिबारीका ५ महिला र ३ पुरुष, अर्जुनधाराका ७ महिला र १० पुरुष, बुद्धशान्तिका ३ महिला र १ पुरुष, कमलका १ पुरुष, शिवसतासीका २ महिला र ४ पुरुष, बाह्रदशीका २ महिला र २ पुरुष, झापाका १ पुरुष, ठेगाना नखुलेका १ महिला र २ पुरुष रहेका छन् ।

यस्तैगरी, एन्टिजेन परीक्षणबाट दमकका ६ महिला र ५ पुरुष, बिर्तामोडका ६ महिला र ३ पुरुष, गौरादहका ४ महिला र ३ पुरुष, मेचिनगरका १४ महिला र १४ पुरुष, अर्जुनधाराका १ पुरुष, बुद्धशान्तिका ९ महिला र ५ पुरुष, कचनकवलका १ महिला र १ पुरुष रहेका छन् ।

हालसम्म पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ९५ पुगेको जनाइएको छ । एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ६ सय ७५ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै एकैदिन ८५ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ७ सय ५४ पुगेको छ

यस्तै, झापामा पीसीआर परिक्षणबाट कन्काई कि ४२ वर्षिया महिलाको मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय ७५ पुगेको छ । एन्टिजेन परिक्षणबाट २५ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ७१ पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय ४६ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट २ हजार १ सय २२ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५८ हजार ५६ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments