Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

झापा, १४ असार २०७८ । मुलुकभर आज २ हजार ४ सय ४४ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ६ हजार ६ सय ४८ र एन्टिजेन परिक्षणबाट ४ हजार ९ सय ९२ जना गरि ११ हजार ६ सय ४० जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ५ सय ९ र एन्टिजेन परिक्षणबाट ९ सय ३५ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ३५ हजार १ सय ८८ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ३३ हजार ३३ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ६८ हजार २ सय २१ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ५३ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ८८ हजार १ सय ८७ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९२.६ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३३ लाख २९ हजार ६ सय ८७ जना र एन्टिजेन परिक्षणबाट १ लाख ७९ हजार ९ सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ३५ हजार ७५ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ८ सय ७५ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय ५७ जना आई.सी.युमा र १ सय ९३ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित २३ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २८ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ४२ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments