झापा, ११ असार २०७८ । मुलुकभर आज २ हजार ४ सय ७६ संक्रमित थपिंदा पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ५५ संक्रमित निको भएका छन् । पीसीआर परिक्षणबाट ९ हजार ५ सय ८६ र एन्टिजेन परिक्षणबाट ४ हजार ७ सय ६५ जना गरि १४ हजार ३ सय ५१ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ७ सय २१ र एन्टिजेन परिक्षणबाट ७ सय ५५ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ३१ हजार १ सय ५२ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ३० हजार ६ सय ८९ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ६१ हजार ८ सय ४१ पुगेको जनाइएको छ । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ७६ हजार ४ सय १३ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९१.३ प्रतिशत पुगेको छ ।
यस्तै, आजसम्म पीसीआर विधिबाट ३३ लाख १२ हजार ३ सय ३५ जना र एन्टिजेन परिक्षणबाट १ लाख ६६ हजार ३ सय ७ जनाको कोरोना परीक्षण गरिएको छ ।
यस्तै, होम आइसोलेसनमा ४२ हजार ९ सय १० जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ८ सय ८४ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ७ सय १४ जना आई.सी.युमा र २ सय १ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ३१ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २४ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २७ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ९ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।






