Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

आयो कुल ७१ करोड मध्ये ६ करोड रुपैयाँको स्रोत निश्चित नभएको घाटा बजेट प्रस्ताव

डण्डिराज(बिबेक) घिमिरे
गौरादह, ११ असार । गौरादह नगरपालिकाले आठौं नगरसभामा प्रस्ताव गरेको बजेट प्रथम नगरसभाबाट पारित बजेट भन्दा १० करोड २४ लाख १२ हजार ३ सय ८४ रुपैयाँ घटी छ ।

जनप्रतिनिधि निर्वाचित भएपछिको प्रथम नगरसभाबाट आर्थिक बर्ष २०७४।०७५ मा कुल ८२ करोड ७ लाख ३६ हजार १ सय ९४ रुपैयाँ बजेट बिनियोजन भएकोमा आगामी आर्थिक वर्ष २०७८।०७९का लागि बिनियोजित कुल बजेटको आकार ७१ करोड ८३ लाख २३ हजार ८ सय १० रुपैयाँमा खुम्चिएको छ ।

आठौं नगरसभामा बिहिवार पेश भएको उक्त बजेट चालु आर्थिक बर्ष २०७७।०७८ संग तुलना गर्दा पनि १ करोड ४० लाख ६५ हजार घटी हो । चालु आर्थिक वर्षका लागि गौरादह नगरपालिकाले ७३ करोड २३ लाख ८९ हजार रुपैयाँ बजेट ल्याएको थियो ।

त्यसैगरी अघिल्लो आर्थिक बर्षको बिनियोजित बजेट आगामी आर्थिक वर्षका लागि बिनियोजित बजेटसंग तुलना गर्दा १३ करोड ६९ लाख ४८ हजार रुपैयाँ घटी हो । अघिल्लो आर्थिक बर्ष २०७६।०७७ मा कुल ८५ करोड ५२ लाख ७२ हजार रुपैयाँ बिनियोजन भएको थियो ।

आर्थिक बर्ष २०७५।०७६ को बजेटसंग आठौं नगरसभाबाट बिनियोजित बजेट तुलना गर्दा ७ करोड ७७ लाख ६६ हजार रुपैयाँ घटी बिनियोजन भएको छ । आर्थिक बर्ष २०७५।०७६ को कुल बजेट ७९ करोड ६० लाख ९० हजार रुपैयाँ बिनियोजन भएको थियो ।

गौरादह नगरपालिकाका जनप्रतिनिधिको लापरवाही र अदुरदर्शीताको कारण प्रथम नगरसभाले बिनियोजन गरेको बजेट नै २३ करोड ७४ लाखको घाटा बजेट थियो । प्रत्येक आर्थिक बर्षमा घाटा बजेट बनाउदै आएको नगरपालिकाले आगामि आर्थिक बर्षको लागि पनि स्रोतको सुनिश्चितता नभएको ६ करोडको घाटा बजेट बनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

आगामी आर्थिक वर्ष २०७८।०७९का लागि बिनियोजित कुल बजेट मध्ये ६५ करोड ८३ लाख २३ हजार ८ सय १० रुपैयाँको मात्र स्रोत सुनिश्चितता भएको प्रस्तावित नीति कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा वलीको निर्वाचन क्षेत्र अन्तर्गतको यस नगरपालिकामा आर्थिक बर्ष २०७४।०७५ देखि लगातार प्रत्येक बर्ष बिनियोजित बार्षिक बजेट घट्दो क्रममा छ किन ? त्यसैगरी नगरसभाले प्रत्येक आर्थिक बर्षमा घाटा बजेट बनाउनु पनि रहस्यमय छ । कार्यसम्पादन मूल्याँकनमा समेत कमजोर सूचकहरु भएको यस नगरपालिकाले संघीय सरकार र प्रदेश सरकारबाट प्रप्त गर्ने अनुदान पनि घट्दो क्रममा छ ।

तपाईको प्रतिक्रिया