Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, १० असार २०७८ । झापामा आज १ सय ६५ संक्रमित थपिंदा एकैदिन २ सय ९ जना कोरोना संक्रमणका बिरामी निको भएका छन् । पीसीआर परिक्षणबाट २ सय ९३ र एन्टिजेन परिक्षणबाट २ सय ७ गरि कुल ५ सय जनामा कोरोना परिक्षण गर्दा १ सय ६५ जनामा संक्रमण देखिएको हो ।

जसमा पीसीआर परिक्षणबाट ३८ महिला र ५८ पुरुष गरि ९६ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ४१ महिला र २८ पुरुष गरि ६९ जनामा संक्रमण देखिएको छ । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १३ हजार ३ सय ५२ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा दमकका ११ महिला र १९ पुरुष, बिर्तामोडका ७ महिला र ११ पुरुष, मेचिनगरका ४ महिला र ७ पुरुष, भद्रपुरका ३ महिला र ५ पुरुष, कन्काईका १ महिला र १ पुरुष, अर्जुनधाराका ७ महिला र ५ पुरुष, बुद्धशान्तिका २ पुरुष, कमलका १ महिला, शिवसतासीका ३ महिला र २ पुरुष, बाह्रदशीका १ पुरुष, ठेगाना नखुलेका १ महिला र ५ पुरुष रहेका छन् ।

यस्तैगरी, एन्टिजेन परीक्षणबाट दमकका ३ महिला र ३ पुरुष, बिर्तामोडका १ महिला, गौरादहका ६ महिला र ५ पुरुष, मेचिनगरका ३ महिला, हल्दिबारीका ४ महिला र ३ पुरुष, अर्जुनधाराका ११ महिला र ९ पुरुष, बुद्धशान्तिका ६ महिला र ३ पुरुष, कचनकवलका ३ महिला र ३ पुरुष, शिवसतासीका ३ महिला र १ पुरुष, बाह्रदशीका १ महिला रहेका छन् ।

हालसम्म पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ५९ पुगेको जनाइएको छ । एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ६ सय ६२ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै एकैदिन १ सय ७६ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ३ सय ८० पुगेको छ

यस्तै, झापामा पीसीआर परिक्षणबाट ४५ वर्षिया महिलाको मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ३ सय ३४ पुगेको छ । एन्टिजेन परिक्षणबाट ७७ वर्षिया महिलाको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ६६ पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय ३४ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट १ हजार ९ सय ३५ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५७ हजार ९७ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया