Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झगेन्द्र खड्का
गौरीगंज, १० असार । गौरीगंज गाउँपालिकाले नवौं गाउँ सभा मार्फत आर्थिक वर्ष २०७८।०७९ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको सभाहलमा संचालन गरिएको बजेट निति तथा कार्यक्रममा आर्थिक वर्ष २०७८।०७९ को लागि ४६ करोड ३४ लाख ७४ हजार ३ सय ७० रुपैयाँको कुल वजेट प्रस्ताव सार्वजनिक गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले आगामी आ.ब.का लागि अनुमानित वजेट प्रस्ताव प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष थापाले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको बजेटमा १ करोड ५८ लाख ७५ हजार ६ सय ३० रुपैयाँ घाटा वजेट प्रस्तुत गरेका छन्।गाउँपालिकाका लागि प्रस्तुत गरिएको निति तथा कार्यक्रममा केही जनमुखी कार्यक्रमहरुलाई आगामी आर्थिक बर्षमा पनि निरंतरता दिएका छन्। गाउँपालिकाले वडा सिलिङ बजेट बितरण, गाउँसभामा मृत्तक परिवारलाई समवेदना पत्रसहित १० हजार रुपैयाँ दिने नीतिलाई निरन्तरता दिएको छ।कोभिटका कारण पालिकाले केही समस्या झेल्नु परेपनि मानबीय क्षेती न्युनिकरणमा उल्लेखनीय काम गरेको बताएका छन।

आगामी आर्थिक बर्षमा पनि कोभिडका लागि बजेट बिनियोजन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ। गाउँपालिकाले गत आर्थिक वर्ष २०७७।७८मा ३ करोड ७९लाख ३६ हजार ८ सय ८० रुपैयाँको घाटा बजेट प्रस्तुत गरेको थियो । गत वर्ष आर्थिक वर्ष२०७७ ।७८ का लागि गाउँपालिकाको अनुमानित आय ४२ करोड ७२ लाख १३ हजार १ सय २० रुपैयाँ र ४६ करोड ५१ हजार ५० लाख रुपैयाँको अनुमानित व्यय निस्केपछि घाटा वजेट प्रस्तुत भएको थियो ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८र७९ को लागि आर्थिक विकास अन्तर्गत कृषि विकास कार्यक्रममा ७५ लाख, पशु विकासमा ३५ लाख, पर्यटन विकासमा ५० लाख, सहकारी तथा वित्तिय क्षेत्रमा ५ लाख रुपैयाँ विनियोज गरेको छ भने शिक्षामा १ करोड, युवा तथा खेलकुदमा २० लाख, स्वास्थ्यमा १ करोड १० लाख, सस्कृति प्रबद्र्वनमा २८ लाख रुपैयाँ छुट्टाइएको छ ।

त्यसैगरी लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रम अन्तर्गत महिला विकासमा १० लाख, बालबालिका शर्षिकमा ५ लाख, जेष्ठ नागरिकमा ४ लाख रुपैयाँ, अपांगता ४ लाख, दलित शिर्षकमा ४ लाख, आदिवासी जनजाती शिर्षकमा ५ लाख, मधेशी मुस्लिम पिछडा वर्ग शीर्षकमा ४ लाख छुट्याएको छ ।

पुर्वाधार विकास अन्तर्गत सिंचाई संरचना निर्माणमा १५ लाख, सडक तथा पुल कल्भर्टमा २ करोड २५ लाख, भवन निर्माणमा १ करोड २५ लाख, सहरी विकास ५० लाख, विपन्न आवासमा ५० लाख, विद्युत विस्तारमा १९ लाख, नविकरणीय उर्जामा ५ लाख रुपैयाँ छुट्टाइएका छ भने वन वातावरण तथा विपद व्यवस्थापनमा ५३ लाख, सुशासन तथा संस्थागत क्षमता विकास शिर्षकमा ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ।

नवौ गाउँ सभामा वडा नं १ का वडाध्यक्ष कार्तिक लाल राजवंशी वडा नं ३ का वडाध्यक्ष मखना महत्तो, कार्यपालिका सदस्य राधा देबि अधिकारी, वडा सदस्यहरु राजेन्द्र ताजपुरिया, जानुका गौतम लगायतले शुभकामना मन्तब्य राखेका थिए।गाउँ सभामा जनप्रतिनिधिहरु, शाखा कार्यालयका प्रमुख तथा कर्मचारीहरुको सहभागिता थियो । गौरीगंज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु दहालले स्वागत मन्तब्य रखेको कार्यक्रममा गाउँपालिकाका योजना शाखा प्रमुख नारायण प्रसाद चाँदराले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया