Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, ९ असार २०७८ । झापामा आज १ सय २५ संक्रमित थपिंदा एकैदिन १ सय ७६ जना कोरोना संक्रमणका बिरामी निको भएका छन् । पीसीआर परिक्षणबाट २ सय ८३ र एन्टिजेन परिक्षणबाट ४८ गरि कुल ३ सय ३१ जनामा कोरोना परिक्षण गर्दा १ सय २५ जनामा संक्रमण देखिएको हो ।

जसमा पीसीआर परिक्षणबाट ५१ महिला र ५६ पुरुष गरि १ सय ७ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ११ महिला र ७ पुरुष गरि १८ जनामा संक्रमण देखिएको छ । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १३ हजार २ सय ६६ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा दमकका २६ महिला र ३२ पुरुष, बिर्तामोडका १४ महिला र ७ पुरुष, गौरादहका १ पुरुष, मेचिनगरका २ महिला र ५ पुरुष, भद्रपुरका ५ महिला र ५ पुरुष, कन्काईका १ महिला, हल्दिबारीका १ पुरुष, अर्जुनधाराका २ पुरुष, बुद्धशान्तिका १ महिला, शिवसतासीका १ महिला र १ पुरुष, बाह्रदशीका १ महिला, झापाका २ पुरुष रहेका छन् ।

यस्तैगरी, एन्टिजेन परीक्षणबाट बिर्तामोडका ४ महिला, अर्जुनधाराका १ महिला, कमलका ४ महिला र ४ पुरुष, बाह्रदशीका २ पुरुष, झापाका २ महिला र १ पुरुष रहेका छन् ।

हालसम्म पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ८१ पुगेको जनाइएको छ । एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ५ सय ६२ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै एकैदिन १ सय ७६ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार १ सय ७३ पुगेको छ

यस्तै, झापामा एन्टिजेन परिक्षणबाट ६९ वर्षिय पुरुष र २० वर्षिया महिलाको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ६५ पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय ३२ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट १ हजार ८ सय ६६ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५६ हजार ८ सय ४ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया