गौरादह, ९ असार २०७८ । झापाको गौरादहमा आज ७ जना कोरोना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट १ जना र रेपिड एन्टिजेन परिक्षणबाट ६ जना गरि ७ जनामा संक्रमण देखिएको हो ।

संक्रमितहरु गौरादह-२ का ४२ वर्षिय पुरुष, ११ वर्षिया बालिका, वडा नं. ३ कि २७ वर्षिया महिला, वडा नं. ४ का ४३,३६ वर्षिय पुरुष, ४३ वर्षिया महिला र वडा नं. ८ कि २० वर्षिया महिला रहेका छन् । उनिहरु जुरोपानी, खरेलडाँडा, डोरामारी र क्याम्पस मोडका रहेको गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

एकैदिन ७ जना संक्रमित थपिएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै संक्रमित हुनेको संख्या २ सय ९५ पुगेको छ । दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित भई निको भएर डिस्चार्ज हुनेको संख्या १ सय ६१ पुगेको जनाइएको छ । यस्तै, कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या १ सय ८ पुगेको छ । कोरोना संक्रमणका कारण बिरामी भई विभिन्न हस्पिटलको आइसोलेसनमा १४ जना संक्रमित उपचाररत रहेका छन् । गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा ४ जना संक्रमित रहेका छन् ।

दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय २७ पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर परिक्षणबाट १ सय ३८ जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ५ सय ९२ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

Comments