Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ९ असार २०७८ । मुलुकभर आज २ हजार ४ सय २१ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ७ हजार ४ सय ६१ र एन्टिजेन परिक्षणबाट ४ हजार ९ सय ५३ जना गरि १२ हजार ४ सय १४ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ५ सय ११ र एन्टिजेन परिक्षणबाट ९ सय १० जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख २७ हजार ८ सय ५४ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट २९ हजार ३७ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ५६ हजार ८ सय ९१ पुगेको जनाइएको छ । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ६८ हजार ४ सय ४० पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९०.५ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३२ लाख ९५ हजार ५ सय १४ जना र एन्टिजेन परिक्षणबाट १ लाख ५६ हजार ५ सय ४५ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ४७ हजार २ सय ८६ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार २ सय ३४ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ७ सय ३४ जना आई.सी.युमा र २ सय १३ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ३६ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १९ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ८१ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ८ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया