Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, ८ असार २०७८ । झापामा आज १ सय ६५ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ४ सय ५८ र एन्टिजेन परिक्षणबाट १ सय ६ गरि कुल ५ सय ६४ जनामा कोरोना परिक्षण गर्दा १ सय ६५ जनामा संक्रमण देखिएको हो ।

पीसीआर परिक्षणबाट ५९ महिला र ७१ पुरुष गरि १ सय ३० जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट १४ महिला र २१ पुरुष गरि ३५ जनामा संक्रमण देखिएको छ । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १३ हजार १ सय ५९ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा दमकका ४ महिला र ४ पुरुष, बिर्तामोडका १३ महिला र २५ पुरुष, गौरादहका १ पुरुष, मेचिनगरका ८ महिला र १० पुरुष, भद्रपुरका ७ महिला र १५ पुरुष, कन्काईका ४ महिला र ७ पुरुष, हल्दिबारीका २ महिला, अर्जुनधाराका ७ महिला र ५ पुरुष, बुद्धशान्तिका २ महिला र १ पुरुष, कमलका १ महिला, शिवसतासीका ६ महिला र २ पुरुष, बाह्रदशीका १ महिला, झापाका २ महिला र १ पुरुष, ठेगाना नखुलेका २ महिला रहेका छन् ।

यस्तै, एन्टिजेन परीक्षणबाट दमकका ३ पुरुष, बिर्तामोडका १ महिला र ५ पुरुष, मेचिनगरका १ पुरुष, अर्जुनधाराका ७ महिला र ५ पुरुष, बुद्धशान्तिका ३ महिला र ६ पुरुष र शिवसतासीका ३ महिला र १ पुरुष रहेका छन् ।

हालसम्म पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ५१ पुगेको जनाइएको छ । एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ६ सय ९ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै एकैदिन ७८ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ९ सय ९७ पुगेको छ

यस्तै, झापामा एन्टिजेन परिक्षणबाट २६ वर्षिया महिलाको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ६३ पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय ३० पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट १ हजार ८ सय ४८ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५६ हजार ५ सय २१ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया