Online Bichar
मंगलबार, चैत्र ०६, २०८० | Tuesday, March 19, 2024

गौरादह, ८ असार २०७८ । झापाको गौरादहमा आज १ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परिक्षणबाट गौरादह३ खरेलडाडाका २३ वर्षिय पुरुषमा संक्रमण देखिएको गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टमा १ जना संक्रमित थपिएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै संक्रमित हुनेको संख्या २ सय ८८ पुगेको छ । दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित भई निको भएर डिस्चार्ज हुनेको संख्या १ सय ६१ पुगेको जनाइएको छ ।

यस्तै, कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या १ सय २ पुगेको छ । कोरोना संक्रमणका कारण बिरामी भई विभिन्न हस्पिटलको आइसोलेसनमा १४ जना संक्रमित उपचाररत रहेका छन् । गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा ४ जना संक्रमित रहेका छन् । दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय २० पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ ।

आज सम्म पीसीआर परिक्षणबाट १ सय ३८ जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ५ सय ४६ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया