Online Bichar
मंगलबार, चैत्र ०६, २०८० | Tuesday, March 19, 2024

झापा, ८ असार २०७८ । देशभर आज ४ हजार ५ सय २२ संक्रमित थप हुँदा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५४ संक्रमित निको भएका छन् । पीसीआर परिक्षणबाट १२ हजार २ सय ४ र एन्टिजेन परिक्षणबाट ४ हजार ७ सय ९ जना गरि १६ हजार ९ सय १३ जनामा कोरोना परिक्षण गर्दा कुल ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा पीसीआर परिक्षणबाट ३ हजार ७ सय ३ र एन्टिजेन परिक्षणबाट ८ सय १९ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख २६ हजार ३ सय ४३ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट २८ हजार १ सय २७ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ५४ हजार ४ सय ७० पुगेको जनाइएको छ । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ६४ हजार ८ सय ८२ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९०.२ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३२ लाख ८८ हजार ५३ जना र एन्टिजेन परिक्षणबाट १ लाख ५१ हजार ५ सय ९२ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ४९ हजार ४ सय २५ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार २ सय २३ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ७ सय ६१ जना आई.सी.युमा र २ सय १८ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ३७ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १९ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ४१ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ८ सय १३ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया