Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

काठमाडौँ, ८ असार २०७८ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले आजदेखि खाद्यान्नमा छुट नदिने भएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै खाद्यमा छुट नदिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रवक्ता शर्मिला सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अब निषेधाज्ञा खुकुलो भइसकेको छ । खाद्यान्नमा दिएको छुट आजबाट रोक्ने निर्णय भएको छ ।

यो आर्थिक वर्षको बजेटमा सरकारी स्वामित्वका दुई कम्पनी साल्ट ट्रेडिङ र खाद्य कम्पनीबाट विक्री हुने खाद्यान्नमा निषेधाज्ञा अवधिभर २० प्रतिशत छुट दिने उल्लेख थियो । उल्लेख भएसँगै जेठ २० गतेदेखि कम्पनीबाट विक्री हुने चामल, पिठो, दाल, नुन, तेल, चिनी तथा खाना पकाउने ग्यासको विक्री मूल्यमा २० प्रतिशत छुट दिँदै आएकोमा आजदेखि छुट नुहने साल्ट ट्रेडिङद्वारा जारी सुचनामा उल्लेख छ ।गोरखापत्र अनलाइनबाट

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments