Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

गौरादह, ७ असार २०७८ । झापामा आज १ सय ४१ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ३ सय ४७ र एन्टिजेन परिक्षणबाट ६६ गरि कुल ४ सय १३ जनामा कोरोना परिक्षण गर्दा १ सय ४१ संक्रमित थप भएको हो ।

पीसीआर परिक्षणबाट ४३ महिला र ६८ पुरुष गरि १ सय ११ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट १७ महिला र १३ पुरुष गरि ३० जनामा संक्रमण देखिएको छ । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १३ हजार ३२ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा दमकका ८ महिला र ८ पुरुष, बिर्तामोडका ७ महिला र ११ पुरुष, मेचिनगरका ८ महिला र १४ पुरुष, भद्रपुरका ३ महिला र ११ पुरुष, कन्काईका ४ महिला र ४ पुरुष, हल्दिबारीका १ पुरुष, महिला, अर्जुनधाराका ३ महिला र ६ पुरुष, बुद्धशान्तिका २ महिला र ६ पुरुष, कचनकवलका १ पुरुष, कमलका १ महिला, शिवसतासीका ६ महिला र ५ पुरुष, बाह्रदशीका १ महिला र १ पुरुष रहेका छन् ।

यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका १ महिला र ४ पुरुष, मेचिनगरका १ महिला र १ पुरुष, कन्काई का १ महिला, अर्जुनधाराका ३ महिला र ३ पुरुष, बुद्धशान्तिका ८ महिला र ३ पुरुष र झापाका ३ महिला र २ पुरुष रहेका छन् ।

हालसम्म पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ८ सय १ पुगेको जनाइएको छ । एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ६ सय ७१ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै एकैदिन १ सय १६ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ९ सय २० पुगेको छ

यस्तै, झापामा कोरोना संक्रमणबाट दम-८ कि ६५ वर्षिया महिलाको पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय ६७ पुगेको छ । यस्तै, एन्टिजेन परिक्षणबाट झापा कि ४१ वर्षिया महिला, शिवसतासीका ६१ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ६२ पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय २९ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट १ हजार ८ सय १३ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५६ हजार ६३ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया