Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, ७ असार २०७८ । झापाको गौरादहमा आज ८ वर्षिय बालक सहित ५ जनामा कोरोना संक्रमण देखिएको छ । रेपिड एन्टिजेन परिक्षणबाट २ महिला र ३ पुरुषमा गरि ५ जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमितहरु गौरादह-४ डोरामारीका ३६ वर्षिय पुरुष, वडा नं. ७ ग्वालडुब्बाका ६९ वर्षिय पुरुष, ६३ वर्षिया महिला, वडा नं. ९ मिसिनधुरा कि २६ वर्षिया महिला र ८ वर्षिय बालक रहेका छन् । जसमध्ये वडा नं. ४ डोरामारीका गौरादह नगरपालिकामा कार्यरत ईन्जिनियर गोपाल भण्डारीलाई संक्रमण पुष्टी भएको गौरादह नगर स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै,५ जना संक्रमित थपिएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै संक्रमित हुनेको संख्या २ सय २ सय ८७ पुगेको छ । दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित भई निको भएर डिस्चार्ज हुनेको संख्या ९१ पुगेको जनाइएको छ । कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या १ सय ७० पुगेको छ । कोरोना संक्रमणका कारण बिरामी भई विभिन्न हस्पिटलको आइसोलेसनमा १४ जना संक्रमित उपचाररत रहेका छन् । गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा ४ जना संक्रमित रहेका छन् ।

दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ८८ पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर परिक्षणबाट १ सय ३८ जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ५ सय ११ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया