Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ७ असार २०७८ । देशभर आज २ हजार २ सय ९७ संक्रमित थप हुँदा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ३० संक्रमित निको भएका छन् । पीसीआर परिक्षणबाट ६ हजार ५ सय ८३ र एन्टिजेन परिक्षणबाट ४ हजार ३ सय २१ जना गरि १० हजार ९ सय ४ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ५ सय ८४ र एन्टिजेन परिक्षणबाट ७ सय १३ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख २२ हजार ६ सय ४० पुगेको छ भने, एन्टिजेन परिक्षणबाट २७ हजार ३ सय ८ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ४९ हजार ९ सय ४८ पुगेको जनाइएको छ । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ५९ हजार ९ सय २८ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ८९.९ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३२ लाख ७५ हजार ८ सय ४९ जना र एन्टिजेन परिक्षणबाट १ लाख ४६ हजार ८ सय ८३ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ५० हजार ३ सय ४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ६ सय ३६ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ८ सय ११ जना आई।सी।युमा र २ सय ३७ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४० जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १९ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ४६ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया