Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, ६ असार २०७८ । झापाको गौरादहमा आज एकै वडाका ४ सहित ६ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर परिक्षणबाट ३ जना र रेपिड एन्टिजेन परिक्षणबाट ३ जनामा गरि ६ संक्रमित थपिएको हो ।

संक्रमितहरु गौरादह-२ का २५ वर्षिय पुरुष, वडा नं. ६ का ४०,३६,१३ वर्षिय पुरुष र २३ वर्षिया महिला र वडा नं. ७ का ५७ वर्षिया महिला रहेका छन् । आज ६ जना संक्रमित थप भएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै संक्रमित हुनेको संख्या २ सय ८२ पुगेको गौरादह नगर स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । दोस्रो भेरियन्ट देखिए सँगै कोरोना संक्रमण भई निको भएर डिस्चार्ज हुनेको संख्या ९१ पुगेको जनाइएको छ ।

यस्तै, कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या १ सय ६५ पुगेको छ । कोरोना संक्रमणका कारण बिरामी भई विभिन्न हस्पिटलको आइसोलेसनमा १४ जना संक्रमित उपचाररत रहेका छन् । गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा ४ जना संक्रमित रहेका छन् । दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ८३ पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर परिक्षणबाट १ सय ३८ जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ५ सय ४ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया