Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, ६ असार २०७८ । झापामा आज ८७ जना संक्रमित थप हुँदा एकैदिन २ सय १८ जना संक्रमित निको भएका छन् । पीसीआर परिक्षणबाट ६३ र एन्टिजेन परिक्षणबाट २४ गरि कुल ८७ जनामा कोरोना परिक्षण गर्दा ८७ संक्रमित थप भएको हो ।

पीसीआर परिक्षणबाट ३० महिला र ३३ पुरुष गरि ६३ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ८ महिला र १६ पुरुष गरि २४ जनामा संक्रमण देखिएको छ । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १२ हजार ९ सय १९ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा दमकका ६ महिला र ६ पुरुष, बिर्तामोडका ८ महिला र ९ पुरुष, गौरादहका १ महिला र २ पुरुष, मेचिनगरका १ महिला र ३ पुरुष, भद्रपुरका १ महिला र १ पुरुष, कन्काईका २ महिला र १ पुरुष, हल्दिबारीका २ महिला, अर्जुनधाराका ३ महिला र ४ पुरुष, बुद्धशान्तिका १ पुरुष, गौरिगन्जका २ पुरुष, कचनकवलका १ पुरुष, कमलका १ पुरुष, शिवसतासीका ५ महिला र २ पुरुष, बाह्रदशीका १ महिला रहेका छन् ।

यस्तै, एन्टिजेन परीक्षणबाटष् बिर्तामोडका १ महिला र २ पुरुष, मेचिनगरका १ महिला र २ पुरुष, अर्जुनधाराका १ महिला र १ पुरुष, कमलका २ महिला र ५ पुरुष, बाह्रदशीका ३ महिला र ५ पुरुषरहेका छन् ।

हालसम्म पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ४ पुगेको जनाइएको छ । एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ६ सय ६६ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै एकैदिन २ सय १८ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ८ सय ७ पुगेको छ

यस्तै, झापामा कोरोना संक्रमणबाट दमक१० का ६४ वर्षिय पुरुषको पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय ६६ पुगेको छ । यस्तै, एन्टिजेन परिक्षणबाट ७६ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ६० पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय २६ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट १ हजार ७ सय ८३ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५५ हजार ७ सय १६ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया