झापा, ६ असार २०७८ । मुलुकभर आज २ हजार ४ सय ४२ संक्रमित थप भएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५६ जना संक्रमित निको भएका छन्। पीसीआर परिक्षणबाट ६ हजार ६ सय ७७ र एन्टिजेन परिक्षणबाट ४ हजार २ सय ४९ जना गरि १० हजार ९ सय २६ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ४ सय २१ र एन्टिजेन परिक्षणबाट १ हजार २१ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख २१ हजार ५६ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट २६ हजार ५ सय ५९ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख २८ हजार ७ सय १५ पुगेको जनाइएको छ । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ५६ हजार ७ सय ९८ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ८९.६ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३२ लाख ६९ हजार २ सय ६६ जना र एन्टिजेन परिक्षणबाट १ लाख ४२ हजार ५ सय ६२ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ५१ हजार ८ सय ३३ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ६ सय ९९ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ८ सय ७१ जना आई.सी.युमा र २ सय ५० जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४२ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १७ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ५१ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ७ सय २६ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

Comments