Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

काठमाडौं, ५ असार २०७८ । पटक–पटकको निषेधाज्ञाले व्यापाररव्यवसाय धरासायी भएको भन्दै असार ७ गतेपछि व्यवसाय गर्ने वातावरण बनाइदिन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आग्रह गरेको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आवद्ध विभिन्न २१ वटा संघका अध्यक्षहरूले अब पनि व्यवसाय सञ्चालन गर्ने वातावरण नभए व्यवसायी बाच्न नसक्ने अवस्थामा पुग्ने गुनासो गरेका छन् । उनीहरूले आगामी दिनको लकडाउनलाई सहज गरी व्यवसाय गर्ने वातावरण मिलाई दिन प्रशासनसँग आग्रह गरेका हुन् ।

कोरोनाको जोखिम कायम रहेकाले सुरक्षाका मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउन उनीहरूको माग छ । प्रशासनले समन्वय गरिदिए डिजिटल कारोबारलाई प्राथमिकतामा राखी व्यवसाय सञ्चालन गर्ने उनीहरूले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया