Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

गौरादह, ५ असार २०७८ । झापामा आज दमकका ४२ सहित १ सय ९ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट १ सय ९९ र एन्टिजेन परिक्षणबाट १ सय २३ गरि कुल ३ सय २२ जनामा कोरोना परिक्षण गर्दा १ सय ९ संक्रमित थप भएको हो ।

पीसीआर परिक्षणबाट ४३ महिला र ३६ पुरुष गरि ७९ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट १२ महिला र १८ पुरुष गरि ३० जनामा संक्रमण देखिएको छ । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १२ हजार ८ सय ५६ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा दमकका २२ महिला र २० पुरुष, बिर्तामोडका ७ महिला र ५ पुरुष, मेचिनगरका २ महिला र १ पुरुष, भद्रपुरका ५ महिला र ७ पुरुष, कन्काईका १ महिला, अर्जुनधाराका १ पुरुष, कचनकवलका १ महिला, कमलका २ महिला र १ पुरुष, शिवसतासीका २ महिला र १ पुरुष, बाह्रदशीका १ महिला रहेका छन् ।

यस्तै, एन्टिजेन परीक्षणबाट दमकका ३ महिला र ६ पुरुष, मेचिनगरका १ पुरुष, अर्जुनधाराका ९ महिला र ११ पुरुष रहेका छन् ।

हालसम्म पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ६० पुगेको जनाइएको छ । एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ६ सय ८६ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै एकैदिन १ सय ८९ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ५ सय ८९ पुगेको छ ।

यस्तै, झापामा कोरोना संक्रमणबाट दमकका ४२ वर्षिय पुरुष, कन्काई कि ६२ वर्षिया महिला, बाह्रदशी कि ७६ वर्षिया महिलाको पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय ६५ पुगेको छ । यस्तै, एन्टिजेन परिक्षणबाट कमल कि ७४ वर्षिया महिला, कन्काईका ९१ वर्षिय पुरुष, बिर्तामोडका ८४ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ५९ पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय २४ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट १ हजार ७ सय ५९ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५५ हजार ५ सय १४ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया