गौरादह, ५ असार २०७८ । झापाको गौरादहमा आज १ जनामा कोरोना संक्रमण देखिएको छ । एन्टिजेन परिक्षणबाट गौरादह-३ खरेल डाँडाका ५३ वर्षिय पुरुषमा संक्रमण देखिएको गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

आज एक जना संक्रमित थप भएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै संक्रमित हुनेको संख्या २ सय ७६ पुगेको छ । कोरोना संक्रमण भई निको भएर डिस्चार्ज हुनेको संख्या ९१ पुगेको जनाइएको छ । यस्तै, कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या १ सय ६० पुगेको छ । कोरोना संक्रमणका कारण बिरामी भई विभिन्न हस्पिटलको आइसोलेसनमा १३ जना संक्रमित उपचाररत रहेका छन् ।

गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा ४ जना संक्रमित रहेका छन् । दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ७८ पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर परिक्षणबाट १ सय ३८ जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ४ सय ९६ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

Comments