Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ५ असार २०७८ । मुलुकभर आज २ हजार ४ सय १ संक्रमित थप भएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ६० जना संक्रमित निको भएका छन्। पीसीआर परिक्षणबाट ७ हजार १० र एन्टिजेन परिक्षणबाट ४ हजार ६ सय ८६ जना गरि ११ हजार ६ सय ९६ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ६ सय ८८ र एन्टिजेन परिक्षणबाट ७ सय १३ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट २५ हजार ५ सय ७४ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ४५ हजार २ सय ९ पुगेको जनाइएको छ । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ८९.३ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३२ लाख ६२ हजार ५ सय ८९ जना र एन्टिजेन परिक्षणबाट १ लाख ३८ हजार ३ सय १३ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ५३ हजार ७ सय ३३ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ८ सय ८५ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ८ सय ७४ जना आई.सी.युमा र २ सय ५८ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४२ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १७ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ३४ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया