गौरादह, ४ असार २०७८ । झापामा आज १ सय २८ संक्रमित थपिंदा २ सय १३ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । पीसीआर परिक्षणबाट २ सय ९५ र एन्टिजेन परिक्षणबाट १ सय ४५ गरि कुल ४ सय ४० जनामा कोरोना परिक्षण गर्दा १ सय २८ संक्रमित थप भएको हो ।

पीसीआर परिक्षणबाट ३९ महिला र ३३ पुरुष गरि ७२ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट २३ महिला र ३३ पुरुष गरि ५६ जनामा संक्रमण देखिएको छ । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १२ हजार ७ सय ७३ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा गौरादहका ४ महिला र २ पुरुष, दमकका ३ महिला र ३ पुरुष, बिर्तामोडका ७ महिला र ९ पुरुष, मेचिनगरका १० महिला र ९ पुरुष, भद्रपुरका ६ महिला र ८ पुरुष, कन्काईका ५ महिला र २ पुरुष, हल्दिबारीका १ महिला, अर्जुनधाराका २ महिला, बुद्धशान्तिका १ महिला रहेका छन् ।

यस्तै, एन्टिजेन परीक्षणबाट दमकका ११ महिला र १३ पुरुष, बिर्तामोडका ४ महिला र ३ पुरुष, गौरादहका २ पुरुष, मेचिनगरका १ पुरुष, अर्जुनधाराका १ पुरुष, बुद्धशान्तिका ४ महिला र ५ पुरुष, कचनकवलका ३ पुरुष, शिवसतासीका ४ महिला र ४ पुरुष, बाह्रदशीका १ पुरुष, रहेका छन् ।

हालसम्म पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या २ हजार ७२ पुगेको जनाइएको छ । एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ६ सय ९८ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै एकैदिन २ सय १३ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ४ सय पुगेको छ ।

यस्तै, झापामा कोरोना संक्रमणबाट दमकका ६३ वर्षिय पुरुष, बुद्धशान्ति कि ५१ वर्षिया महिला, कचनकवल का ४० वर्षिय पुरुष, कन्काई का ६० वर्षिय पुरुष र बाह्रदशी कि ५० वर्षिया महिलाको पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय ६२ पुगेको छ । यस्तै, एन्टिजेन परिक्षणबाट दमक-५ कि ७२ वर्षिया महिलाको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ५६ पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय १८ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट १ हजार ७ सय २९ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५४ हजार ३ सय ३३ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

Comments