गौरादह, ४ असार २०७८ । झापाको गौरादहमा आज ५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर परिक्षणबाट ३ महिला र २ पुरुषमा गरि ५ जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमितहरु गौरादह-४ कि २३ वर्षिया महिला र ७१ वर्षिय पुरुष, वडा नं. ६ कि २८ वर्षिया २ महिला र वडा नं. ७ का ६१ वर्षिय पुरुष रहेका छन् । जसमध्ये वडा नं. ६ कि १ जना संक्रमित महिला शहरी स्वास्थ्य केन्द्र दामुना कि कार्यालय सहयोगी रहेको र ७१ वर्षिय संक्रमित पुरुष भने गौरादह-४ डोरामारीको रहेको र बाँकी ३ जना संक्रमितले वडा नं. खुलाएपनि स्थान नखुलाएको गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । उनिहरुको विस्योर प्याथ ल्याब विराटनगर, मेची अस्पतालको ल्याब, विराट मेडिकल कलेजको ल्याब र नोवेल बाट पीसीआर परिक्षणको पोजेटिभ रिपोर्ट प्राप्त भएको स्वास्थ्यका श्रेष्ठले बताउनुभयो ।

यस्तै, ५ जना संक्रमित थपिएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै संक्रमित हुनेको संख्या २ सय ७५ पुगेको छ । कोरोना संक्रमण भई निको भएर डिस्चार्ज हुनेको संख्या ९१ पुगेको जनाइएको छ ।

यस्तै, कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या १ सय ५९ पुगेको छ । कोरोना संक्रमणका कारण बिरामी भई विभिन्न हस्पिटलको आइसोलेसनमा १३ जना संक्रमित उपचाररत रहेका छन् । गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा ५ जना संक्रमित रहेका छन् । दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ७८ पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर परिक्षणबाट १ सय ३८ जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ४ सय ७२ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया

Comments