झापा, ४ असार २०७८ । मुलुकभर आज २ हजार ७ सय ६८ संक्रमित थपिंदा एकैदिन ४ हजार २० जना संक्रमित डिस्चार्ज भएका छन् । पीसीआर परिक्षणबाट ७ हजार ५ सय ६९ र एन्टिजेन परिक्षणबाट ५ हजार ४ सय ६८ जना गरि १३ हजार ३७ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ९ सय ६३ र एन्टिजेन परिक्षणबाट ८ सय ५ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख १७ हजार ९ सय ४७ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट २४ हजार ८ सय ६१ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ४२ हजार ८ सय ८ पुगेको जनाइएको छ । यस्तै, एकैदिन ४ हजार २० जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ४९ हजार ६ सय ८२ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ८९ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३२ लाख ५५ हजार ५ सय ७९ जना र एन्टिजेन परिक्षणबाट १ लाख ३३ हजार ६ सय २७ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ५५ हजार ३ सय ७५ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ४ हजार २ सय ४९ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ८ सय ७२ जना आई.सी.युमा र २ सय ४६ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४३ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १६ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ४४ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

Comments