गौरादह, ३ असार २०७८ । झापाको गौरादहमा आज ३ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट १ जना र एन्टिजेन परिक्षणबाट २ गरी ३ जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमितहरु गौरादह-८ जोर पोलका ३४,२७ वर्षिय पुरुष र वडा नं. ६ दामुना कि ७४ वर्षिया महिला रहेको गौरादह नगर स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । ३ जना संक्रमित थपिएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै संक्रमित हुनेको संख्या २ सय ७० पुगेको छ । कोरोना संक्रमण भई निको भएर डिस्चार्ज हुनेको संख्या ९१ पुगेको जनाइएको छ ।

यस्तै, कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या १ सय ५७ पुगेको छ । कोरोना संक्रमणका कारण बिरामी भई विभिन्न हस्पिटलको आइसोलेसनमा १० जना संक्रमित उपचाररत रहेका छन् । गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा ५ जना संक्रमित रहेका छन् ।

दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ७५ पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर परिक्षणबाट १ सय ३८ जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ४ सय ७२ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

Comments