Online Bichar
शनिबार, बैशाख २९, २०८१ | Saturday, May 11, 2024

गौरादह, २ असार २०७८ । झापामा आज २ सय १२ जना संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट ३ सय ३८ र एन्टिजेन परिक्षणबाट ४ सय ३३ गरि कुल ७ सय ७१ जनामा कोरोना परिक्षण गर्दा २ सय १२ संक्रमित थप भएको हो ।

पीसीआर परिक्षणबाट ५१ महिला र ६६ पुरुष गरि १ सय १७ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ५० महिला र ४५ पुरुष गरि ९५ जनामा संक्रमण देखिएको छ । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १२ हजार ६ सय ३० पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा दमकका २० महिला र २९ पुरुष, बिर्तामोडका ११ महिला र ९ पुरुष, मेचिनगरका २ महिला र ८ पुरुष, भद्रपुरका ७ महिला र ९ पुरुष, कन्काईका ३ महिला र ३ पुरुष, हल्दिबारीका २ महिला, अर्जुनधाराका १ महिला र १ पुरुष, बुद्धशान्तिका १ पुरुष, कचनकवलका १ पुरुष, कमलका १ पुरुष, शिवसतासीका १ महिला र ३ पुरुष, बाह्रदशीका ३ महिला र १ पुरुष, झापाका १ पुरुष रहेका छन् ।

यस्तै, एन्टिजेन परीक्षणबाट दमकका १५ महिला र ७ पुरुष, बिर्तामोडका १० महिला र ९ पुरुष, कन्काईका ८ महिला र १३ पुरुष, गौरादहका ६ महिला र ५ पुरुष, अर्जुनधाराका १३ महिला र ९ पुरुष, बुद्धशान्तिका १ महिला र ४ पुरुष, झापाका ३ महिला र ३ पुरुष रहेका छन् ।
हालसम्म पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ७३ पुगेको जनाइएको छ । एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ७ सय १८ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै एकैदिन १ सय ५९ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएका छन्। यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ९ हजार ९ सय ६२ पुगेको छ ।

यस्तै, झापामा कोरोना संक्रमणबाट बाह्रदशीका ७९ वर्षिय पुरुष, भद्रपुर८ कि ८४ वर्षिया महिला, मेचिनगर कि ३९ वर्षिया महिला र मेचिनगर का ६० वर्षिय पुरुषको पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ । यस्तै, एन्टिजेन परिक्षणबाट हल्दिबारीका ३० वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ५४ पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय ११ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट १ हजार ६ सय २९ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५४ हजार ७ सय ४८ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया