Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, २ असार २०७८ । झापाको गौरादहमा आज एकै परिवारका ४ जनामा संक्रमण पुष्टी भएको छ । गौरादह-८ जुरोपानी चोकका एकै परिवारमा संक्रमण भेटिएको हो । संक्रमितहरु ५४,४१,५ वर्षिया महिला र ८ वर्षिय बालक रहेका छन् ।

उनिहरुको कोरोना संक्रमणको आशंकामा एन्टिजेन परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको गौरादह नगर स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । संक्रमित हुनेहरुमा ४१ वर्षिया आमा, ८ वर्षिय छोरा, ५ वर्षिया छोरी र ५४ वर्षिया आफन्त महिला रहेका सहसंयोजक श्रेष्ठले बताउनुभयो ।

आज ४ जना संक्रमित थप भएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै संक्रमित हुनेको संख्या २ सय ६७ पुगेको छ । कोरोना संक्रमण भई निको भएर डिस्चार्ज हुनेको संख्या ९१ पुगेको जनाइएको छ । यस्तै, कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या १ सय ५५ पुगेको छ । कोरोना संक्रमणका कारण बिरामी भई विभिन्न हस्पिटलको आइसोलेसनमा ९ जना संक्रमित उपचाररत रहेका छन् ।

गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा ५ जना संक्रमित रहेका छन् । दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ७५ पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर परिक्षणबाट १ सय ३६ जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ४ सय ६८ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया