Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, २ असार २०७८ । मुलुकभर आज २ हजार ८ सय २८ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ८ हजार ६ सय ८७ र एन्टिजेन परिक्षणबाट ४ हजार ३ सय ३५ जना गरि १३ हजार २२ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा पीसीआर परिक्षणबाट २ हजार १४ र एन्टिजेन परिक्षणबाट ८ सय १४ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख १४ हजार २ सय १६ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट २३ हजार २ सय १७ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ३७ हजार ४ सय ३३ पुगेको जनाइएको छ । यस्तै, एकैदिन ३ हजार ८२ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५ सय २१ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ८८.५ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३२ लाख ४० हजार २ सय ९९ जना र एन्टिजेन परिक्षणबाट १ लाख २३ हजार ३ सय ८६ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ५७ हजार ८ सय २६ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ४ हजार ३ सय ११ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ९ सय २ जना आई.सी.युमा र २ सय ७९ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४२ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १७ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ५२ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया