Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, १ असार २०७८ । झापामा आज २ सय ८ जना संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट ४ सय ९५ र एन्टिजेन परिक्षणबाट १ सय ४६ गरि कुल ६ सय ४१ जनामा कोरोना परिक्षण गर्दा २ सय ८ संक्रमित थप भएको हो ।

पीसीआर परिक्षणबाट ७२ महिला र ७६ पुरुष गरि १ सय ४८ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ३५ महिला र २५ पुरुष गरि ६० जनामा संक्रमण देखिएको छ । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १२ हजार ५ सय १७ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा दमकका ३ महिला र २ पुरुष, बिर्तामोडका २४ महिला र २८ पुरुष, गौरादहका १ पुरुष, मेचिनगरका १४ महिला र ११ पुरुष, भद्रपुरका १० महिला र १५ पुरुष, कन्काईका ६ महिला र ३ पुरुष, हल्दिबारीका ४ महिला, अर्जुनधाराका ५ महिला र ५ पुरुष, बुद्धशान्तिका २ महिला र ५ पुरुष, कमलका १ महिला, शिवसतासीका १ महिला र ३ पुरुष, बाह्रदशीका १ महिला र १ पुरुष, झापाका १ महिला र १ पुरुष र ठेगाना नखुलेका १ पुरुष रहेका छन् ।

यस्तै, एन्टिजेन परीक्षणबाट दमकका ३ महिला, बिर्तामोडका १ महिला र १ पुरुष, गौरादहका ६ महिला र ५ पुरुष, अर्जुनधाराका १० महिला र ९ पुरुष, बुद्धशान्तिका ७ महिला र ३ पुरुष, कचनकवलका २ पुरुष, बाह्रदशीका ७ महिला र ३ पुरुष, झापाका १ महिला र २ पुरुष रहेका छन् ।
हालसम्म पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या २ हजार ४ सय १७ पुगेको जनाइएको छ । एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ६ सय ७२ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै एकैदिन १ सय ७७ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएका छन्। यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ९ हजार ८ सय १० पुगेको छ ।

यस्तै, झापामा कोरोना संक्रमणबाट शिवसतासी का ५७ वर्षिय पुरुष, अर्जुनधाराका ३५ वर्षिय पुरुष र उर्लाबारीका ८५ वर्षिय पुरुषको पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय ५३ पुगेको छ । यस्तै, एन्टिजेन परिक्षणबाट बिर्तामोड कि ७७ वर्षिया महिलाको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ५३ पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय ६ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट १ हजार ५ सय ३४ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५४ हजार ४ सय १० जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया