Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरादह, १ असार २०७८ । झापाको गौरादहमा आज २ जना संक्रमित थप भएका छन् । संक्रमितहरु गौरादह-२ बजार क्षेत्रका ५९ वर्षिया महिला र गौरादह-९ बैगुन्धुरा बजारका २५ वर्षिय पुरुष रहेका छन् । संक्रमित मध्ये १ जनाको पीसीआर बाट र अर्कोको एन्टिजेन परिक्षणबाट कोरोना संक्रमण पुष्टी भएको हो ।

आज २ जना संक्रमित थप भएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै संक्रमित हुनेको संख्या २ सय ६३ पुगेको गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । कोरोना संक्रमण भई निको भएर डिस्चार्ज हुनेको संख्या ९१ पुगेको जनाइएको छ ।

यस्तै, कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या १ सय ६३ पुगेको छ । कोरोना संक्रमणका कारण बिरामी भई विभिन्न हस्पिटलको आइसोलेसनमा ७ जना संक्रमित उपचाररत रहेका छन् । गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा १ जना संक्रमित रहेका छन् । दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ७१ पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ ।

आज सम्म पीसीआर परिक्षणबाट १ सय ३६ जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ४ सय ६८ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया