Online Bichar
बुधबार, बैशाख २६, २०८१ | Wednesday, May 8, 2024

झापा, १ असार २०७८ । मुलुकभर आज २ हजार ७ सय ४५ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ७ हजार ४ सय ४९ र एन्टिजेन परिक्षणबाट ५ हजार ८ सय ४१ जना गरि १३ हजार २ सय ९० जनाको गरि १३ हजार २ सय ९० जनामा परिक्षण गर्दा कुल २ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ६ सय ८१ र एन्टिजेन परिक्षणबाट १ हजार ६४ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख १२ हजार २ सय २ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट २२ हजार ४ सय ३ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख २३ हजार ६ सय ५ पुगेको जनाइएको छ । यस्तै, एकैदिन ४ हजार १ सय ८७ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ४० हजार ४ सय ३९ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ८८.३ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३२ लाख ३१ हजार ६ सय १२ जना र एन्टिजेन परिक्षणबाट १ लाख १९ हजार ५१ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ५८ हजार ८ सय ६८ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ४ हजार ३ सय ८९ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ९ सय ६७ जना आई.सी.युमा र २ सय ८५ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४२ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १५ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ४१ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५७ र निजी ३८ गरि ९५ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया