Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १ असार २०७८ । प्रदेश १ सरकारले ‘राष्ट्रपति आमा सम्मान कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को आयव्ययको विवरण प्रस्तुत गर्ने क्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ्गले जन्म दिने आमाहरूप्रति सम्मानका लागि राट्रपति आमा सम्मान कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

कार्यक्रममार्फत दुर्गम भेगमा रहेको अतिविपन्न परिवार र समुदायका महिला एवं समाजमा महत्त्वपूर्ण योगदान पुर्याएका आमाहरूको सम्मान गरिने मन्त्री आङ्बुहाङ्गले बताउनुभयो ।

यस्तै कार्यक्रमले सासुबुहारीको सम्बन्धलाई सुमधुर बनाउन उदाहरणीय काम गर्नेलार्ई सम्मान तथा पुरस्कृत गरिने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया