Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

विराटनगर, १ असार २०७८ । प्रदेश १ सरकारले कोभिड–१९ नियन्त्रणका लागि ४४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ आयाव्ययको विवरण (बजेट) प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बोहाङ्गले स्वास्थ्य क्षेत्रका लागि तीन अर्ब २५ करोड बजेट विनियोजन गर्नुभएको हो । स्वास्थ्य क्षेत्रको सुधारका लागि उक्त रकम विनियोजन गरिएको उहाँको भनाइ छ ।

सरकारले मेची अस्पताललाई दुई सय शय्या, जिल्ला अस्पताल पाँचथर र धनकुटालाई एक–एक सय र कोसी कोरोना अस्पताललाई कोरोनापछि प्रादेशिक प्रसूति गृह बनाउने भएको छ ।

सरकारले पुस्तकालय, संरचना र शैक्षिक सामग्री सुधार गर्ने जनाएको छ । शिक्षा क्षेत्रको विकासका लागि एक अर्ब १९ करोड बजेट विनियोजन गरेको मन्त्री आङ्बोहाङ्गले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया