Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह,३१ जेठ २०७८ । झापामा आज १ सय ५४ जना संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट ३ सय १६ र एन्टिजेन परिक्षणबाट ७१ गरि कुल ३ सय ८७ जनामा परिक्षण गर्दा १ सय ५४ संक्रमित थप भएको हो ।

पीसीआर परिक्षणबाट ६४ महिला र ६३ पुरुष गरि १ सय २७ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट १५ महिला र १२ पुरुष गरि २७ जनामा संक्रमण देखिएको छ । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १२ हजार ३ सय ६७ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा दमकका ४ महिला र ८ पुरुष, बिर्तामोडका ६ महिला, गौरादहका १ महिला, मेचिनगरका १ महिला, भद्रपुरका १७ महिला र २० पुरुष, कन्काईका १ महिला, हल्दिबारीका २ महिला, अर्जुनधाराका २५ महिला र २२ पुरुष, बुद्धशान्तिका २ महिला र ४ पुरुष, कचनकवलका ३ पुरुष, कमलका २ महिला र ३ पुरुष, शिवसतासीका १ पुरुष, बाह्रदशीका १ महिला, झापाका १ पुरुष र ठेगाना नखुलेका २ महिला र १ पुरुष रहेका छन् ।

यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका ३ महिला र १ पुरुष, मेचीनगरका १ महिला, बुद्धशान्तिका ३ महिला र ६ पुरुष, कचनकवलका १ पुरुष, कमलका ८ महिला ४ पुरुष रहेका छन् ।
हालसम्म पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ३८ पुगेको जनाइएको छ । एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ७ सय २१ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै एकैदिन १ सय ५० जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएका छन्। यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ९ हजार ६ सय ४२ पुगेको छ ।

यस्तै, झापामा कोरोना संक्रमणबाट हल्दिबारी४ का ३० वर्षिय पुरुष पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय ५० पुगेको छ । यस्तै, एन्टिजेन परिक्षणबाट अर्जुनधारा९ का ९० वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ५२ पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय २ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट १ हजार ४ सय ७४ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५३ हजार ९ सय १५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया