Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

अनलाइनविचार संवाददाता
गौरादह, ३१ जेठ २०७८ । झापाको गौरादहमा आज एकै वडाका १० सहित ११ जना कोरोना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट १ जना र रेपिड एन्टिजेन परिक्षणबाट १० जनामा गरि ११ संक्रमित थप भएको हो ।

संक्रमितहरु गौरादह-६ दामुना बजार क्षेत्रका २१,७१,३२,१२,४६ वर्षिय पुरुष र २८,६३,१६,२९,५४ वर्षिया महिला रहेका छन् । यस्तै, गौरादह-१ बेलडाँगी कि ४६ वर्षिया महिलामा गरि ११ जना रहेका छन् । आज ११ जना संक्रमित थप भएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै संक्रमित हुनेको संख्या २ सय ६१ पुगेको गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना संक्रमण भई निको भएर डिस्चार्ज हुनेको संख्या ९१ पुगेको जनाइएको छ । यस्तै, कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या १ सय ६१ पुगेको छ । कोरोना संक्रमणका कारण बिरामी भई विभिन्न हस्पिटलको आइसोलेसनमा ७ जना संक्रमित उपचाररत रहेका छन् । गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा १ जना संक्रमित रहेका छन् । दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ६९ पुगेको छ ।

३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर परिक्षणबाट १ सय ३६ जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ४ सय ४८ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया