Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा,३१ जेठ २०७८ । मुलुकभर आज २ हजार ९ सय १८ संक्रमित थप हुँदा पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४७ डिस्चार्ज भएका छन् । पीसीआर परिक्षणबाट २ हजार ४९ र एन्टिजेन परिक्षणबाट ८ सय ६९ जनाको गरि कुल २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख १० हजार ५ सय २१ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट २१ हजार ३ सय ३९ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ३१ हजार ८ सय ६० पुगेको जनाइएको छ । यस्तै, एकैदिन ५ हजार १ सय ४७ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ३६ हजार २ सय ५२ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ८७.८ प्रतिशत पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ४ सय ३८ र एन्टिजेन परिक्षणबाट ५ हजार ३ सय ८१ जना गरि कुल १४ हजार ८ सय १९ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ३२ लाख २४ हजार १ सय ६३ जना र एन्टिजेन परिक्षणबाट १ लाख १३ हजार २ सय १० जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ६१ हजार १ सय २२ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ४ हजार ६ सय ८२ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ९ सय ९५ जना आई.सी.युमा र ३ सय २४ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४३ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १५ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ५३ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५७ र निजी ३८ गरि ९५ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया