Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

गौरादह,३० जेठ २०७८ । झापामा आज १ सय ५६ जनामा संक्रमण पुष्टी भएको छ । पीसीआर परिक्षणबाट ३ सय ४० र एन्टिजेन परिक्षणबाट ६२ गरि कुल ४ सय २ जनाको परिक्षण गर्दा १ सय ५६ संक्रमित थप भएको हो ।

पीसीआर परिक्षणबाट ६१ महिला र ७० पुरुष गरि १ सय ३१ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट १२ महिला र १३ पुरुष गरि २५ जनामा संक्रमण देखिएको छ । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १२ हजार २ सय ४२ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा दमकका ३२ महिला र ३० पुरुष, बिर्तामोडका ७ महिला र १५ पुरुष, मेचिनगरका २ महिला र १ पुरुष, कन्काईका २ महिला र २ पुरुष, हल्दिबारीका १ महिला र ३ पुरुष, अर्जुनधाराका ३ महिला र ६ पुरुष, बुद्धशान्तिका २ महिला र २ पुरुष, कचनकवलका १ पुरुष, कमलका ३ महिला र १ पुरुष, शिवसतासीका ८ महिला र ७ पुरुष, बाह्रदशीका १ महिला र १ पुरुष र झापाका १ पुरुष रहेका छन् ।

यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका १ महिला र २ पुरुष, भद्रपुरका १ महिला, अर्जुनधाराका ५ महिला र ७ पुरुष, कचनकवलका २ महिला र १ पुरुष र झापाका ३ महिला र ३ पुरुष रहेका छन् ।

हालसम्म पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेकासक्रिय संक्रमितको संख्या २ हजार ४ सय ६४ पुगेको जनाइएको छ । एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ७ सय २१ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै एकैदिन १ सय ३१ जना संक्रमितले कोरोना जितेका हुन् । यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ९ हजार ४ सय ९३ पुगेको छ ।

यस्तै, झापामा कोरोना संक्रमणबाट शिवसतासी कि ६७ वर्षिया महिला, दमक कि २४ वर्षिया महिला र झापा कि २७ वर्षिया महिलाको पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय ४९ पुगेको छ । यस्तै, एन्टिजेन परिक्षणबाट कन्काई का ४१ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ५१ पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट १ हजार ४ सय ४७ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५३ हजार ५ सय ९५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया