Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

झापा,३० जेठ २०७८ । नेपालमा एकैदिन २ हजार ४ सय ७ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट १ हजार ६ सय ९४ र एन्टिजेन परिक्षणबाट ७ सय १३ जनाको गरि कुल २ हजार ४ सय ७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ८ हजार ४ सय ७२ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट २० हजार ४ सय ७० पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख २८ हजार ९ सय ४२ पुगेको जनाइएको छ । यस्तै, एकैदिन ३ हजार ९ सय ९४ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ३१ हजार १ सय ५ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ८७.९ प्रतिशत पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ५ सय १७ र एन्टिजेन परिक्षणबाट ४ हजार ८ सय ८९ जना गरि कुल १२ हजार ४ सय ६ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ३२ लाख १४ हजार ७ सय २५ जना र एन्टिजेन परिक्षणबाट १ लाख ७ हजार ८ सय २९ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ६३ हजार ७ सय ४४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ५ हजार २ सय ११ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार १ सय जना आई.सी.युमा र ३ सय ४७ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४४ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १५ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ४६ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ४ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया